Attariya Hospital Pvt.Ltd.

यस्तो रहनेछ आजको मौसम

padma
milan sunchadi

काठमाडौं – आज कोसी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोसी प्रदेश र वाग्मती प्रदेशसहित देशको पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव महाशाखाले जनाएको छ ।

Siddi ganesh

आज राति पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानका साथै बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.