सानीमा रिलाइन्स इन्स्योरेन्स कम्पनी धनगढीले हस्तान्तरण गर्यो मृतक दावी भुक्तानी रकम

Image
maya metro

धनगढी – सानीमा रिलाइन्स इन्स्योरेन्स कम्पनी प्रदेश कार्यालय धनगढीले मृतक दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कृष्णपुर नगरपालिका वडा नं ७ कन्चनपुरकी फुलमती रानालाइ मृतक दावी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

रानाको घरमै गएर ४ लाख एक्काईस हजार दाबी भुक्तानी रकम भुक्तानी गरेको सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनी धनगढीका क्षेत्रिय साखा प्रमुख हेमन्त सिंहले वताए ।

nisarga

फुलमतीका श्रीमान मुलचन्द्र रानाको २०८० चैत्र २८ गते मृत्युु भएको थियो । मृतक मुलचन्द्रले सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनीमा २ लाख वरावरको बिमा गरेका थिए । मृतक रानाको ५ किस्ता मात्र बिमा भरेका थिए ।

मृतक मुलचन्द्रकी श्रीमतीलाइ सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी धनगढीका प्रदेश कार्यालय प्रमुख गणेशप्रसाद उप्रेती र भलभंसा हरिकिसन रानाले मृतक दावी भुक्तानी हस्तान्तरण गरेका हुन ।

सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी धनगढीका प्रदेश कार्यालय प्रमुख गणेशप्रसाद पनेरुले मृतक दाबी भुक्तानी रकमले केही मात्रामा मृतकका परिवारलाइ राहात पुग्ने वताए ।

पनेरुले अहिले पनि बिमा गर्नेको संख्या कमै भएको भन्दै बिमाको दायरा बढाएमा सामाजिक सुरक्षाले सार्थकता पाउने बताएका छन् ।