Attariya Hospital Pvt.Ltd.

गोदावरीको फोहरमैला व्यवस्थापन केन्द्रमा स्वास्थ्यजन्य फोहर पनि व्यवस्थापन गरिने

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले निर्माण गर्न लागेको अत्याधुनीक फोहरमैला व्यवस्थापन केन्द्रमा स्वास्थ्यजन्य फोहर पनि व्यवस्थापन गरिने भएको छ । फोहरमैला व्यवस्थापन केन्द निर्माणको काम अन्तिम चरणमा पुगीसकेको छ तर सो केन्द्रमा हाल स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन गर्ने प्रविधि भने बनेको छैन ।

एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना कार्यालय धनगढीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चीनको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरीङ कम्प्लेक्ससंग १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेको थियो । उत्त सम्झौतामा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनका बारेमा भने सम्झौता थिएन ।

त्यसैले अब फेरी नयाँ चरणबाट सोहि क्षेत्रमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रविधि पनि निर्माण गरिने भएको हो । स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रविधि निर्माणका लागि जम्मा १० धुर जमिन आवश्यक पर्नेछ जसमध्य ६ धुरमा भवन निर्माण गरिनेछ । अहिले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण भईरहेकै ठाँउमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रविधि निर्माण गर्न सकिनेछ ।

Siddi ganesh

साझेदार सँस्थाहरु एशियाली विकास बैंक,वाटर एसिया इन्टरनेशनल र सहरी विकास परियोजनाले उत्त विषयमा आज नगरपालिकासंग छलफल गरेका छन् । निर्माण सुरुवात गर्ने क्रममा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रविधि छुटेको भन्दै उनीहरुले फेरी थप्न नगरपालिकालाई आग्रह गरेका छन् । स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले स्वास्थ्य संस्थाबाट निस्किने फोहर जलाएर व्यवस्थापन गर्दा हानिकारक हुने बताए ।

उनले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण नेपालमा नयाँनयाँ अभ्यास भएकोले पनि सुरुवातमै सबैकुरा जानकारी नभएको बताउँदै सोहि ठाँउमा थोरै क्षेत्रफलमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रविधि निर्माण गर्न सकिने बताए । स्वास्थ्य संथाबाट निस्केका फोहर निर्मलीकरण नगरी व्यवस्थापन गर्न मुस्किल हुने भएकोले स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन प्रविधि निर्माण गर्नुपर्ने देखिएको उनले बताए ।

त्यस्तै वाटर एसिया इन्टरनेशनलका टिम लिडर धिरज मैनालीले गोदावरी नगरपालिकाको फोहरमैला व्यवस्थापन केन्द्रमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रविधि आवश्यक पर्ने बताए । स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रविधि भएमा हानीकारक प्रकृतिका फोहर र सामान्य फोहरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न उनले सकिने बताए ।

अन्यथा फोहरमैला व्यवस्थापन केन्द्रमा काम गर्ने जनशत्तिलाई असर गर्न सक्ने उनको भनाई थियो । त्यस्तै जिआइजेडका प्राविधिक सल्लाहकार सुवास नेपालले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछी सञ्चालनमा पनि चुनौती रहेकोले एकै स्थानीय तहको फोहरले नभ्याउने भएमा छिमेकी पालिकाहरुसंग पनि समन्वय गर्न सकिने बताए ।

उनले स्वास्थ्य संथाबाट निस्केका फोहरलाई उपचार नगरी फोहरमैला व्यवस्थापन केन्द्रमा फाल्न नपाईने भएकोले स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रविधि निर्माण गर्नु जरुरी रहेको बताए । त्यस्तै गोदावरी नगरपालिकाका जनस्वास्थ्य निरीक्षक जनकराज अवस्थीले स्वास्थ्य संस्थाबाट निस्केको फोहरलाई निर्मलीकरण गरेर मात्रै व्यवस्थापन गर्न पाईने प्रावधान भएको हुँदा सो व्यवस्थापनका लागि शाखा प्रतिवद्ध रहेको बताए ।

छलफलका क्रममा आफ्नो भनाई राख्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले स्वास्थ्यजन्य फोहर व्यवस्थापन प्रविधि पनि अत्यावश्यक रहेको भन्दै निर्माण गर्ने प्रतिवद्धता व्यत्त गरेका छन् । सम्झौता अनुसार फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम २०२४ सेप्टेम्बरमा सम्पन्न हुनु पर्नेछ । अहिले गोदावरी नगरपालिका क्षेत्रबाट संकलन हुने सबैखाले फोहर मातृभुमि भन्ने संस्थाले व्यवस्थापन गर्दै आईरहेको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.