अत्तरिया – नेपाल ज्योतिष परिषद कैलाली को आयोजनामा जारी ७ दिने ज्योतिष प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ ।
प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गरिएको छ । सहभागी प्रशिक्षार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम बिस्वबिधालयका उप कुलपति प्रा .डा. हेमराज पन्त ले प्रमाण पत्र बितरण गरेका थिए ।
प्रतिभा पुस्तकालयका अध्यक्ष पुस्पराज जोशी को सभापतित्वमा भएको कार्यक्रममा बिशिस्ट अतिथी स्वास्थ सेवा बिभागका पुर्ब स्वास्थ निर्देशक डा. लक्ष्मीराज पाठक , ज्योतिष परिषद सुदुरपश्चिम प्रदेशका अध्यक्ष पन्डित माधबराज जोशी रहेका थिए ।
तालिममा ३० जनासहभागी थिए । कार्यक्रममा यस क्षेत्रका विभिन्न संघ संस्था का प्रतिनिधिहरु को सहभागीता रहेको थियो ।