अत्तरिया – कैलालीको अत्तरियामा रहेको थ्रिडिभिएल बहुउदेश्यीय सहकारी संस्थाले अत्तरियामा जुस सेन्टर सञ्चालनमा ल्याएको छ ।
संस्थाले शुक्रबार थ्रिडिभिएल जुस सेन्टरको उद्घाटन गरेको हो । करिब १० लाखको लगानिमा सञ्चालनमा आएको जुस सेन्टरमा ताजा फलफुलको जुस सहित लसी,कफी सहित पाईने थ्रिडिभिएल बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष दिपक ओझाले बताएका छन् ।
त्यस्तै नायल कृषी सहकारी संस्था र थ्रिडिभिएलको सहकार्यमा दुग्ध विकास केन्द्र स्थापना पनि गरिएको छ ।