अत्तरियाबाट लागूऔषध खैरो हेरोईन सहित एक युवक पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट लागूऔषध खैरो हेरोईन सहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरिया बरपिपल गल्ली बस्ने   बिकास कट्टेल रहेका छन् ।

उनलाई आज दिउँसो इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले
पक्राउ गरेको हो ।

कट्टेलको शरिर तथा बस्ने कोठामा चेकजांच गर्दा लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ १ (एक) ग्राम फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

पक्राउ परेका कट्टेलमाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।