अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको अधुरो भवन निर्माण कार्य अवरोधकाबिच सुरु भएको छ ।
संघकी कार्यसमिति सदस्य यसोदा भट्ट चोखालको अध्यक्ष्यतामा रहेको अधुरो भवन निर्माण समितिले भवन निर्माणको काम सुरु गरेको हो ।
भवन निर्माणमा सशस्त्र प्रहरीले अवरोध गरेको छ । हिजो इटा खसाउने बेला देखी नै सशस्त्र प्रहरीले अवरोध खडा गरेको समितिकी अध्यक्ष चोखालले बताएकी छिन् ।
“हिजो गोदावरीका नगर प्रमुखको संवादपछी मात्रै इटा खसाल्न दिएका हुन् उनले भनिन्,आज पनि बिहानै देखी अवरोध गरेपनि अत्तरिया व्यवसायी सहितको उपस्थितिमा निर्माण कार्य अगाडि बढाएका छौँ ।”
उत्त भवन निर्माणका लागि गोदावरी नगरपालिकाले चालु आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको छ । संघले तारजाली लगाएकै स्थलमा सशस्त्रले ब्याटमिन्टन कोर्ट पनि निर्माण गरिरहेको छ ।
