सरकारले दिने स्यानिटरी प्याड निजी विद्यालयमा पढ्ने छात्राहरुले प्रयोग गर्न मिल्दैन?

Image

अत्तरिया – सरकारले सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुलाई प्रदान गर्दै आईरहेको स्यानिटरी प्याडमा विभेद भएकोे गुनासो गरिएको छ ।

यार्ड नेपालले आज धनगढीमा आयोजना गरेको यौन तथा प्रजनन् स्थास्थ्य अधिकार सम्बन्धी संवादमा निजी विद्यालय सञ्चालकले यस्तो गुनासो गरेका हुन् ।

2 ad new year 1

कैलालीको अत्तरियामा रहेको ज्ञानज्योती बोर्डिङ स्कुलका सञ्चालक जगवीर थापाले स्यानिटरी प्याडमा सरकारले विभेद सिर्जना गरेको बताए । सरकारले प्रदान गर्ने सेवामा आम नागरिकको समान अधिकार हुने भन्दै सरकारले निजी विद्यालयहरुलाई सौतेलो व्यवहार गर्दै आईरहेको उनले गुनासो गरे ।

“सरकारले सामुदायिक विद्यालयका छात्राहरुलाई स्यानिटरी प्याड वितरण गर्दै आईरहेको छ,त्यो प्याड के निजी विद्यालयका छात्राहरुले प्रयोग गर्न मिल्दैन?सरकारले नै यस्तो विभेद गर्ने? उनले प्रश्न गरे ।”

“छात्राहरुको ठुलो संख्या निजी विद्यालयमा पनि छ भन्ने सरकार किन बिर्सीयो?त्यो आम नागरिकको पैसा हो लक्षीत समूह सबैले सुबिधा पाउनुपर्छ उनले भने ।”

यती मात्रै नभई शिक्षाका थुप्रै विषयमा सरकारले निजी विद्यालयमाथी विभेद गरेको बताँउदै उनले यौन तथा प्रजनन् स्थास्थ्य सम्बन्धी कार्यक्रममा निजी विद्यालयलाई पनि समेट्न यार्डलाई पनि आग्रह गरे ।

उत्त कार्यक्रममा सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत,विभीन्न स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु,विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय गइरहेका किशोरीहरूको स्वास्थ्य र शिक्षामा सकारात्मक प्रभाव पार्ने आशा सहित सामुदायिक विद्यालयका छात्राहरूलाई महिनावारीको समयमा प्रयोग गर्न निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने कार्यक्रम आर्थिक वर्ष २०७६÷७७ को सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको थियो ।