कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना भएको छ । आज बिहान ७ बजेको समयमा लम्कीचुहा नगरपालिका ३ बलचौर मा युके०४पीए१९०५ भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना भएको हो ।

एम्बुलेन्स भारतको हल्द्वानीबाट बर्दिया ९ राजापुरकी १८ वर्षीय अन्जली परियारलाई बोकेर आएको थियो । अस्पतालले बचाउन नसकिने बताएपछी परिवारले अन्जलीलाई भेन्टिलेटरबाट निकालेर फिर्ता ल्याएका थिए । सोहि क्रममा एम्बुलेन्स दुर्घटनामा परेको हो ।

nisarga

अन्जलीको मृत्यु भएको बताईएको छ । उनको मृत्युको कारण भने दुर्घटना वा रोग नै भन्ने विषयमा अनुसन्धानपछी मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । एम्बुलेन्स आफै अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।