कैलाली सुनचाँदी आभुषण व्यवसायी संघको नयाँ कार्यसमिति चयन,अध्यक्षमा मनोज सदाशंकर

Image

अत्तरिया – कैलाली सुनचाँदी आभुषण व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ ।

संघको मंगलबार सम्पन्न भएको साधारणसभाले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा अत्तरियामा रहेको निमिशा ज्वैलर्सका संचालक मनोज सदाशंकर चयन भएका छन् ।

त्यस्तै उपाध्यक्षमा देब बहादुर सुनार,बिरबल सुनार,जगत बहादुर सुनार र जित बहादुर सुनार चयन भएका छन्  । त्यस्तै महासचिवमा अत्तरियामै रहेको सिद्दिगणेश ज्वैलर्सका संचालक जनक खनाल चयन रहेका छन् भने सचीवमा गगन सिंह विश्वकर्मा र पदम सिजापती चयन भएका छन् ।

संघको कोषाध्यक्षमा अनुपम लामीछाने र सह कोषाध्यक्षमा चेत बहादुर बिक भएका छन् भने  सदस्यहरुमा शंकर विश्वकर्मा,दिपक विश्वकर्मा,शंकर बहादुर सुनार,कमल सुनार,नरेश सिजापती,अंगेश चौधरी र समिर गहतराज चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गर्दै प्रमाणपत्र पनि लिएका छन् ।