Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वास मत दिने, सरकारमा नजाने एमालेको निर्णय

padma
milan sunchadi

धनगढी – नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रदेशसभा सदस्य धर्मराज पाठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय भएको जानकारी दिए ।

पाठककाअनुसार सरकारको न्यूनतम साझा कार्यक्रमका लागि सत्तारूढ दलसँग छलफल गर्ने निर्णय समेत गरिएको छ । मुख्यमन्त्री सोडारीले भोलि बिहान सवा १० बजे बस्ने प्रदेशसभामा बैठकमा विश्वासको मत लिदैछन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.