Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा ढुङ्गाले हानेर एक जनाको हत्या

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरमा ढुङ्गाले हानेर एक जनाको हत्या गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ का ६४ वर्षीय लक्षी चन्दको ढुङ्गाले निधारमा हानेर हत्या गरिएको हो ।

हत्या गर्ने व्यत्ति बैतडी घर भई बेलौरी ६ बस्दै आएका अन्दाजी ३५ वर्षीय महेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताएका छन् ।

निधारमा ढुङ्गा प्रहारपछी गम्भीर घाइते भएका चन्दको हिजो राती साढे ९ बजे निर्सग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जोशीले बताएका छन् ।

Siddi ganesh

भण्डारीलाई आज बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले तालिम प्राप्त कुकुरको सहयोगमा पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.