Attariya Hospital Pvt.Ltd.

कैलालीमा ५ जना फरार प्रतिवादी पक्राउ

padma
milan sunchadi

धनगढी – कैलालीमा ५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। बिना ईजाजत वनपैदावार ओसार पसार मुद्दामा ३३ हजार ८५३ जरिवाना ठहर भएका बर्दगोरिया गाउँपालिका–५ बस्ने २८ वर्षीय कर्ण हादुर कार्की, सोही मुद्दामा २५ हजार १९७ जरिवाना ठहर भएका बर्दगोरिया गाउँपालिका–१ बस्ने ४४ वर्षीय कमलेस कुमार कठरिया, चोरी मुद्दामा ५ हजार २ सय जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ बस्न २१ वर्षीय गणेश पार्की रहेका छन्।

यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–२ बस्ने ३२ वर्षीया निलम जोशी र चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका ५ बस्ने ३३ वर्षीय चक्रबहादुर कलेल पक्राउ परेका छन्।

अदालतको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार रहेका पाँचै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.