अत्तरियामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Image

अत्तरिया – कैलालीको अत्तरियामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–१ अत्तरिया चोकमा आइतवार बिहान भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ। विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ४३०१ नम्बरको ट्रकमा से ७ प १८९६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

nisarga

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–३ का ३२ वर्षीय शिवराज रानाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा आइतवार साँझ मृत्यु भएको हो।

ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।