धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका प्रकृति संरक्षण अवार्डबाट सम्मानित भएको छ। उपमहानगरलाई विश्व प्रकृति कोष (डब्लूडब्लूएफ) नेपालले वातावरण संरक्षणको क्षेत्रमा उल्लेख्य भूमिका निभाएको भन्दै प्रकृति संरक्षण अवार्ड प्रदान गरेको हो।
नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले काठमाडौमा एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई अवार्ड प्रदान गरेका हुन।
डब्लूडब्लूएफ नेपालले आफ्नो ३१ औँ स्थापना दिवसका अवसरमा उपमहानगरपालिकालाई नगद १ लाख सहित अवार्ड प्रदान गरेको जनाएको छ।
धनगढीले वातावरण संरक्षणअन्तर्गत प्लास्टिक बिक्री वितरणमा रोक, वृक्षारोपण, पानी पुनरभरण, सर्प तथा जीवजन्तुको सकुशल उद्धार गरी सम्बन्धितको वास स्थानमा छोड्ने लगायतका क्षेत्रमा काम गर्दै आएको छ।