कैलालीमा चट्याङ् लागेर एक किशोरीको मृत्यु

Image

धनगढी – कैलालीमा चट्याङ् लागेर एक किशोरीको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका ९ मगर टोल बस्ने लाल सिंह बि.क.को १५ वर्षीया छोरी ममता बि.क.को मृत्यु भएको हो।

nisarga

उनको सोमवार पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।