अत्तरियाबाट लागूऔषध सहित ३ जना पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी ३ मिलनचोक बस्ने रोहन घिमिरे,डोटी दिपायल एयरपोर्ट बस्ने ललित नाथ र डोटीकै बानेडुग्रीसैन बस्ने रोशन खड्का रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले अत्तरिया स्थीत श्रीकृष्ण मार्केटबाट आज बेलुकी पक्राउ गरेको हो ।

हिँडिरहेको अवस्थामा तीनै जनामाथी शंका लागी चेकजाँच गर्दा खैरो रङ्गको झोलाको खल्तीमा कालो प्लाष्टिकले बेरेको लागूऔषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थ १ दशमलव १०० मिलिग्राम र सोही झोला भित्र कालो प्लाष्टिकमा बेरेको लागूऔषध (नाईट्राभेट) ट्याब्लेट ७ थान तथा २ थान मोबाईल समेत फेला पारी बरामद गरी तीनै जनामाथी थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।