अत्तरिया – कैललाीको गोदावरी नगरपालिका व्यवसायिक सेवा प्रदान गर्नेमा पहिलो नगरपालिका बनेको छ । गैर सरकारी संस्था जिआइजेडले सुदूरपश्चिमका १० र कर्णालीका ९ ओटा पालिकामा गरेको सर्वेक्षणमा व्यवसायिक सेवा प्रदान गर्नेमा गोदावरी नगरपालिका पहिलो नम्बरमा देखिएको हो ।
यस सूचकमा व्यवसायिहरुको सगंठनमा आवद्धतता,पालिकामा गैर वित्तिय संस्थाहरुको पहुँच र गुणस्तर,वित्तिय संस्थाहरुको अवस्था,व्यवसायिलाई आवश्यक पूर्वाधार र जलवायु परिवर्तन सम्बन्धीका सेवाहरुलाई दाँजेर वैज्ञानिक विधीबाट सर्वेक्षण गरिएको जिआइजेडले जनाएको छ ।
जिआइजेडले आफुले काम गर्दै आईरहेका १९ ओटै पालिकामा विभिन्न ४९ सूचकहरुमा सर्वेक्षण गरेको जनाएको छ । अधिकांश सूचकहरुमा गोदावरी नगरपालिकाको अवस्था राम्रो देखिएको बताँउदै जिआइजेडले कमजोर पक्ष पनि औंल्याएको छ ।
गोदावरीको कुल बजेटमा स्थानीय राजश्वको उच्च योगदान रहेको तथा प्रति एक हजार बासिन्दामा कर तिर्नेको संख्या पनि तुलनात्मक रुपमा उच्च रहेको पाईएको छ ।
गोदावरी नगरपालिकाको बजेट,प्रतिव्यत्ति विकास खर्च र उद्यम संख्याको तुलनामा प्रशिक्षण भने नगरपालिकामा न्युन रहेको जिआइजेडले औंल्याएको छ । त्यस्तै लगानि र उत्पादनमा नविनतम योजना पनि गोदावरीसंग नभएको पाईएको बताईएको छ ।