अत्तरिया – २५६८ औं बुद्ध जयन्ती कैलालीको अत्तरियामा पनि विविध कार्यक्रम गरि मनाइएको छ । अत्तरियामा रहेको अहिंशावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बाले बुद्ध जयन्तीको अवसरमा विद्यार्थीहरुको सहभागितामा अत्तरिया बजारमा र्याली निकाल्दै औपचारिक कार्यक्रम पनि सम्पन्न गरेको छ ।
र्यालीमा गोदावरी २ तेघरीमा रहेको ज्ञानज्योती बोर्डिगं स्कुल तथा वडा नम्बर ६ मा रहेको साधनापथ एकेडेमीका विद्यार्थी ,शिक्षकहरु,विभिन्न व्यत्तिहरुको सहभागिता रहेको थियो ।

गुम्बाका अध्यक्ष गोपाल तामाङको सभापतित्वमा सम्पन्न भएको औपाचारिक कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी पूर्व भौतिक विकास राज्य मन्त्री चुनकुमारी चौधरी रहेकी थिईन् ।
कार्यक्रमममा बोल्दै चौधरीले गौतम बुद्धले नेपाललाई विश्वभर चिनाएको बताईन् । बुद्ध साझा व्यत्तित्व भएको भन्दै उनले उनले कुनै एक जाती र धर्मको मात्रै विशेष भनेर इंगित गर्न नहुने बताईन् ।
चौधरीले बुद्धले दिएको सन्देश विश्वका लागि अनुकरणीय रहेको बताईन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।