अत्तरियाबाट होटल सञ्चालक सहित अनैतिक क्रियाकलापमा संलग्न ३ युवा युवती पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ३ युवा युवती पक्राउ परेका छन ।

आज (बिहिबार) साँझ गोदावरी नगरपालिका-२ अत्तरिया स्थित डोटी दिपायल होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित २ युवक र १ युवतीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई अनैतिक क्रियाकलाप गराएको अवस्थामा फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।