अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालनमा रहेको एक आइसक्रिम उद्योगले लापरबाही गरेको पाईएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर १ स्थीत एक आइसक्रिम उद्योगले म्याद नाघेका केमिकल प्रयोग गरिरहेको नगरपालिकाको अनुगमन टोलीले फेला पारेको हो ।
म्याद नाघेका केमिकल अनुगमन टोलीले जफत गरेको छ । उत्त आइसक्रिम उद्योगले सरसफाइमा पनि ध्यान नदिएको पाईएको अनुगमन टोलीले जनाएको छ ।
टोलीले उत्त आइसक्रिम उद्योगलाई सरसफाइका मापदण्ड लागु गर्न तीन दिनको समय दिँदै सुधार नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।