
अत्तरिया – नेकपा एमालेले कैलालीको गोदावरी नगर स्तरीय अधिवेशन जेठ १५ गते आयोजना गर्दैछ ।
अधिवेशनले नगर स्तरीय कमिटि पनि गठन गर्नेछ । नगर स्तरीय कमिटिका आकांक्षीहरुले विभिन्न पदमा आफ्नो दाबी पेश गरिरहेका छन् । नगर कमिटिको अध्यक्षमा हरि प्रसाद फुलाराले दाबी गरेका छन् ।

२०६८ सालमा नेकपा माओवादी केन्द्रको वडा सचिव रहेका फुलारा २०७१ मा नगर उपाध्यक्ष बनेका थिए भने २०७५ सालमा एमाले र माओवादी केन्द्रको एकतापछी बनेको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कमिटि सदस्य बनेका थिए ।
चार वर्ष एता पार्टीको भुमिका बिहिन रहेका उनले अत्तरियाकै दुर्गालक्ष्मी नमुना मावि र लोटस आइ माविमा अध्यापन गराँउदै आएका थिए ।
व्यवस्थापन र शिक्षा सकांय गरी दुई बिषयमा स्नातकोत्तर गरिसकेका फुलाराले अब भने पुर्ण समय राजनितिमै दिने गरी एमालेको नगर अध्यक्षमा दाबी गरेको बताएका छन् ।
‘मैले पार्टीको नगर अध्यक्षको जिम्मेवारी पाएमा पार्टीको कामकारबाही व्यवस्थीत गरी कार्ययोजना सहित अघि बढ्नेछु उनले भने संगठनात्मक ढाँचालाई सुदृढिकरण गर्दै पार्टीको मिसन ८४ लाई सफल तुल्याउने गरि काम गर्नेछु ।’
आफुलाई विश्वास गरि नगर अध्यक्षमा विजयी गराउन सहयोग गर्न पनि उनले सम्पुर्ण नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । एमाले कैलालीका २५ जना र सुदूरपश्चिमका ४ जना पदाधीकारीहरुको सहयोग आफुलाई रहेको पनि उनले दाबी गरेका छन् ।