अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–८ मा एक पुरुष मृत फेला परेका छन् ।
५५ वर्षीय नरबहादुर धामी गोदावरी–८ को जमुनाभाडी स्थित मुख्य राजमार्गबाट अन्दाजी सात् आठ सय मिटर भित्री नालामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकोे छ ।