कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ कटान कि ५५ बर्षिय द्रोपती चौधरीको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
चौधरीलाई आफ्नै घरको ढोका नजिक रहेको तारमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताएका छन्।