अत्तरिया जेसीजद्धारा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमको आयोजना

Image

अत्तरिया – कैलालीको अत्तरिया जेसीजले महिला स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । सोमबार अत्तरियामै रहेको जनकल्याण इङ्लिस स्कुलमा वडा नम्बर ४ की स्वास्थ्यकर्मीको सहयोगमा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकल्याण सेकेन्डेरीका सञ्चालक योगेन्द्र हमालले किशोरावस्थामै स्वास्थ्यबारे ज्ञान दिने तालिम संचालन गरेकोमा अत्तरिया जेसीनलाई धन्यवाद व्यत्त गरे । साथै,उनले किशोर अवस्थामा स्वास्थ बारे जनचेतना अभिबृद्दी गर्दा स्वास्थ समस्याहरु समाधान हुने बताए ।

अत्तरिया जेसिजले समाजमा व्याप्त रहेको हानिकारक प्रचलन अन्त्य अभियान तथा किशोरी,महिला हरुलाई जानकारी उपयोगीमुलक र सन्देशमुलक कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा थप कार्यक्रम आयोजना गर्ने जेसीस अत्तरियाका खेलकुद संयोजक हेमन्तराज जोशी (बाजे)ले बताए ।

जेसीजका अध्यक्ष प्रकाश मल्लको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव बम बहादुर बोगटीले गरेका थिए भने स्वागत मन्तव्य मान ऐरले राखेका थिए ।