सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक रहेको ठहर गर्दै बदर गरिदिएको छ।
अब ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुख समेतका नाममा परमादेशको आदेश जारी गरिदिएको हो।