एमाले गोदावरीको दोस्रो नगर अधिवेशन सुरु

Image

अत्तरिया –  नेपाल कम्युनिस्ट पार्टी एमालेको कैलालीको गोदावरी नगरपालिकाको दोस्रो नगर अधिवेशन सुरु भएको छ।

अत्तरियास्थित नमस्ते पार्टी प्यालेसको हलमा सुरु भएको अधिवेशनको एमालेका केन्द्रिय सचिब  एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेका हुन् ।

अधिवेशनमा पार्टीका विभिन्न तहका नेताहरु,वडा प्रतिनिधि लगाएतको उपस्तिथि रहेको छ ।

अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । नगर कमिटीको अध्यक्षका लागि वर्तमान कार्यवाहक अध्यक्ष सन्तोष सिंह तथा हरि फुलाराले दावी गरिहेका छन् ।