दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेयलाई गोदावरी होटेल वयवसायी संघको आर्थिक सहयोग

Image

अत्तरिया – कैलालीको गोदावरी होटेल व्यवसायी संघले दुर्घटनामा परी घाइते भएका एक एकजनालाई आर्थिक सहयोग गरेको छ ।

संघले अत्तरियाको नेहा ब्युटीपालरकी संचालीका सुनन्दा पाण्डेयका छोरा नेहाल पाण्डेय लाई नगद १० हजार रुपैयाँ सहयोग गरेको हो ।

2 ad new year 1

संघले सामाजिक उत्तरदायित्व अन्तर्गत दुखमा परेका व्यवसायीलाई सहयोग गरेको संघका अध्यक्ष लक्ष्मण धामीले बताए ।

२६ वर्षीय नेहाल ३ बर्ष अघि सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । ११ वर्ष अघि श्रीमान गुमाएकी सुनन्दाका नेहाल एक्ला छोरा हुन् ।

सम्बन्धित समाचार : उपचारमा आर्थिक अभाव झेलीरहेका पाण्डेयलाई सहयोग हस्तान्तरण

मोटरसाइकल दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेर पूरै शरिर नचल्ने भएका नेहाल करिब डेढ महिनापछी होसमा आएका थिए भने करिब दुई वर्षपछी मान्छे चिन्न सक्ने भएका थिए ।

अहिले नेहालले बाँकी शरिर चलेपनि एउटा हात भने चलाउन सक्दैनन् । अहिले प्रत्येक महिना २० हजारभन्दा बढीको औषधी खरिद गर्नु परिरहको सुनन्दाले बताईन् ।