धनगढी – सर्पको टोकाईबाट कैलालीमा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका-५ का १२ वर्षिय तेज कुँवरको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
घरको आगँनमा बाँया खुट्टामा सर्पले टोक्दा उपचारका लागि सेती प्रादेशिक अस्पताल पु-याईएका उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।