कञ्चनपुरमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको बेदकोट नगरपालिका–१० सिसैयामा टिप्परको ठककरबाट बेदकोट नगरपालिका ६ का अन्दाजी ५२ वर्षीय काले सुनारको मृत्यु भएको हो।

शनिबार साँझ पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तरगत महेन्द्रनगरदेखि धनगढी तर्फ आईरहेको सुपप्र ०२०११क५१४ नम्बरको टिप्परको ठक्करबाट सुनारको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ठक्कर दिने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना बारे अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।