न्यायिक अधिकारको बारेमा गोदावरीका वडा तहमा अभिमुखीकरण गरिँदै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले न्यायिक अधिकारको बारेमा वडा तहमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

नगरपालीकाको न्यायिक समितिले १२ ओटै वडाका मेलमिलापकर्ता हरुका लागी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रमको आज गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवि रोकायाले उद्घाटन गरेकि हुन् ।

अभिमुखीकरण कार्यक्रम अन्तरगत आज वडा नम्बर १ का मेलमिलापकर्ताहरुलाई अभिमुखीकरण गरिएको छ ।

कार्यक्रममा न्यायिक अधिकारकै बारेमा छलफल गरिने सहायक महिला विकास निरीक्षक धना जोशीले बताएकी छिन् ।

मेलमिलापकर्ताहरुलाई अधिवक्ता गणेश कडायतले अभिमुखीकरण गरिरहेका छन् ।