Attariya Hospital Pvt.Ltd.

कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

padma
milan sunchadi

कैलाली – कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको घोडाघोडी नगरपालिका – ४ भालुफटा स्थित पुर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री स्थानीय नर बहादुर धामीको मृत्यु भएको हो ।

पुर्व देखि पश्चिम तर्फ आइरहेको से ७ प १८७८ नम्बरको मोटरसाईकलको ठक्करबाट धामी गम्भीर घाइते भएका हुुनु् । धामीको धनगढी स्थीत निसर्ग अस्पताल मा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक टेकेन्द्र नेपालीको घोडाघोडी अस्पताल सुखड कैलालीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.