कांग्रेस गोदावरीको दोस्रो नगर सम्मेलन सुरु

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेस गोदावरिको दोस्रो नगर सम्मेलन सुरु भएको छ । आज (शनिवार) एक औपचारिक कार्यक्रमका बिच १४औ महाधिवेशन पछिको कांग्रेस गोदावरीको दोस्रो नगर सम्मेलन सुरु भएको हो ।

नगर सभापती वीर बहादुर चोखालको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापती एवंम प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर रहेका छन ।

nisarga

कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभासदद्वय प्रकाश बम र तुलशी देवकोटा, गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापति वसन्त रोकाया (ललित) लगायत कांग्रेसका विभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

नेपाली कांग्रेस कैलाली जिल्लाले जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा पत्राचार गरि वडा, गाउँ, नगर र क्षेत्र सम्मेलन गर्न दिएको निर्देशन अनुसार सम्मेलन सञ्चालन भईरहेको नगर सभापति बिर बहादुर चोखालले बताए ।

नेपालीकांग्रेसको १४औं महाधिवेशन पछिको दोस्रो नगर सम्मेलन अत्तरिया स्थित पतञ्जली हलमा बिहान ९ बजेबाट सञ्चालन भईरहेको छ ।