अत्तरियामा रहेको सिताशक्ति ट्रेड लिंकको गोदाममा आगलागी

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको एक गोदाममा आगलागी भएको छ । गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको सिताशक्ति ट्रेड लिंक हार्डवेयरको गोदाममा आगलागी भएको हो ।

वडा नम्बर १ भरतपुरमा रहेको गोदाममा शुक्रबार राति १ बजेतिर आगलागी भएको ईलाका प्रहरी कार्यालय अत्तरिया मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा बहादुर थापाले बताए । उनले राति गोदाममा लागेको आगो स्थानिय, प्रहरी र गोदावरी नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको बताए ।

बिद्युतको तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट गोदाममा राखिएका हार्डवयेरका सामानहरु जलेर नष्ट भएको हार्डवेयर सञ्चालक नैन सिंह कार्कीले बताएका छन् । उनले आगलागीबाट ८० लाख भन्दा बढीको क्षति भएको बताए ।

‘८० लाख भन्दा बढीको नै क्षति भएको छ, तर पनि एकिन रुपमा कति सामान स्टक थियो त्यो हेर्दा क्षति अझै बढि हुन आउछ’ उनले भने ।

कैलाली हार्डवेयर व्यवसायी संघका उपाध्यक्ष समेत रहेका कार्की लामो समयदेखी अत्तरियामा हार्डवेयरको व्यवसाय गर्दै आएका छन् ।