गोदावरी बुथकेन्द्रलाई १३ र हाटखोली बुथकेन्द्रलाई १४ नम्बर वडा बनाउन सिफारिस

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को पहाडी क्षेत्रलाई छुट्टै वडा बनाउन सिफारिस गरिएको छ । आठौं वडा भेलामा गोदावरी बुथकेन्द्र अन्तरगतका टोलहरुलाई अलग वडा घोषणा गर्न हस्ताक्षरसहित स्थानीयले प्रस्ताव गरेका थिए ।

प्रस्तावपछी जनप्रतिनिधिले वडा नम्बर ४ बासीसंग छलफल गरेको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताएका छन् । वडा बासीको माग बमोजिम गोदावरी बुथकेन्द्रलाई वडा नम्बर १३ र हाटखोली बुथकेन्द्रलाई वडा नम्बर १४ को लागि सिफारिस गरिएको उनले बताएका छन् ।

सम्बन्धित समाचार : http://गोदावरी–४ को पहाडी क्षेत्रलाई छुट्टै वडा बनाउन प्रस्ताव

वडा बासीसंगको छलफलका क्रममा हाटखोली बुथकेन्द्रले पनि छुट्टै वडाको लागि प्रस्ताव गरेको बताईएको छ । हाटखोली,बन्दगडा लगायतका क्षेत्रलाई समेटेर छुट्टै वडा बनाउन पनि सिफारिस गरिएको मल्लले बताएका छन् ।

भौगोलिक विकटताका कारण वडा नम्बर ४ का पहाडी क्षेत्रका बासिन्दालाई वडा कार्यालय धाउन समेत असहज भएको बताँउदै आएका छन् ।