यी प्रदेशमा दिउँसो पानी पर्ने

Image
maya metro

काठमाडौं – देशका केही भू–भागमा आज वर्षा हुनेछ । केही स्थानमा बिहानैदेखि वर्षा सुरु भएको छ ।

कोसी प्रदेशका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली छ ।

nisarga

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

विभागले राति कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका थोरै तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।