सुदूरपश्चिममा भागबण्डा मिलाउन तीनवटा मन्त्रालय फुटाउने तयारी

Image

धनगढी – सुदूरपश्चिममा गठबन्धनभित्र भागबण्डा मिलाउन तीनवटा मन्त्रालय फुटाउने तयारी भएको छ । नेकपा एमाले र माओवादी केन्द्रलाई तीन/तीन वटा मन्त्रालय दिनका लागि मन्त्रालय फुटाउन लागिएका हुन् । सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसहित ७ वटा मन्त्रालय छन् ।

तीनवटा फुटाएर १० मन्त्रालय बनाउने तयारी भएको हो । संविधानमा पनि कूल प्रदेश सभा सदस्यको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधान छ । सुदूरपश्चिममा ५३ प्रदेश सभा सिट छ ।

2 ad new year 1

नेकपा एमाले (११), माओवादी (सभामुखसहित) (११),नागरिक उन्मक्तिको रञ्जिता पक्षका २ जना र स्वतन्त्र सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी (४) का नेता दीर्घ बहादुर सोडारी बैशाखको ६ गते मुख्यमन्त्री भएका हुन् ।

मुख्यमन्त्री भएको झण्डै २ महिनापछि हुन लागेको सरकार विस्तारमा एमाले र माओवादीले तीन/तीन मन्त्रालय मागेपछि सोडारीले मन्त्रालय विभाजन गर्न लागेका हुन ।

तर मन्त्रालय फुटाउने कुरामा नाउपाबाट भौतक पूर्वाधार मन्त्री बनेका कैलाश चौधरी र स्वतन्त्र सांसद डाक्टर ताराप्रसाद जोशीले भने विमति जनाएका छन् ।

मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय विभाजन गर्ने तयारी गरेका छन् ।