अत्तरिया साना शहरी खानेपानी संस्थाको १५ औं वार्षीक साधारणसभा सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १५ औं वार्षीक साधारण सभा सम्पन्न भएको छ । बिहीबार संस्थाकै प्राङ्गणमा संस्थाले १५ औं साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष टिकादत्त जोशीको सभापतित्वमा सम्पन्न भएको साधारण सभाका प्रमुख अतिथिमा गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । यस्तै विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा देवी रोकाया रहेकी थिइन् ।

nisarga

हाल यस खानेपानी संस्थाले गोदावरी नगरपालिकाका १,२ र ४ नं वडाहरूमा उपभोक्ता समक्ष स्वच्छ खानेपानी उपलब्ध गराउँदै आइरहेको छ ।

साधारण सभाको उद्घाटन सत्रमा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, नगरप्रवत्ता गोपालदत्त भट्ट, वडा नं. ४ का वडाध्यक्ष हेमप्रकाश मल्ल लगायतको सहभागीता रहेको थियो ।