Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा संसदीय दलको नेता पुनः खगराजलाई नै बनाउन प्रचण्डको निर्देशन

padma
milan sunchadi

अत्तरिया – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता पुनः खगराज भट्टलाई नै बनाउन निर्देशन दिएका छन् ।

माओवादीका सबै प्रदेशका माननीयहरुलाई काठमाडौं बोलाएर गरिएको बैठकमा पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका हुन् ।

बैठकमा सहभागी प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रचण्डले दल नेता भट्टलाई बनाउनु भनेर निर्देशन दिएको जानकारी दिए । यस्तै हालै पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई भने फिर्ता नबोलाएर यथावत राख्न प्रचण्डबाट निर्देशन आएको उनले बताए ।

Siddi ganesh

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका सबै सासंदहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । यस अगाडि सुरुमा दल नेता रहेका भट्टलाई बहुमतको निर्णयबाट हटाएर अर्का माननीय मानबहादुर धामी दल नेता बनेका थिए ।

त्यसपछि दलमा २ धारसमेत भएको बताइएको थियो । सोही क्रममा भट्टले दल नेताबाट हटाइएपछि चर्को असन्तुष्टि पोखेका थिए । उ

नको असन्तुष्टि र पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीको सहभागितालाई लिएर विवाद चर्कदै गएपछि प्रचण्डले पार्टी प्रदेश इञ्चार्जसहित सबै सांसदलाई काठमाडौं बोलाएका थिए ।

सुदूरपश्चिममा सभामुख बाहेक माओवादीका १० जना सांसद छन । १० जनामध्ये ५ जना दल नेता धामीको पक्षमा र ५ जना खगराज भट्टको पक्षमा देखिएका छन् ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.