अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालकसहित ३ जना पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न होटेल सञ्चालकसहित ३ जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ अत्तरिया बसपार्कस्थित शितल छाया होटेलबाट सञ्चालकसहित ३ जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले सोमबार राति अनैतिक क्रियाकलाप गराउने होटेल सञ्चाकसहित अनैतिक क्रियाकलापमा संलग्न दुई जना पुरुष र एक जना महिलालाई पक्राउ गरेको बताएको छ ।

2 ad new year 1

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।