मजगाँउ थारु होमस्टेका सदस्यहरुले लिए पर्यटन विकास सम्बन्धी आधारभूत तालिम

Image

अत्तरिया  – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत मजगाँउमा रहेको मजगाँउ थारु सामुदायिक होमस्टेका सदस्यहरुलाई पर्यटन विकास सम्बन्धी आधारभूत तालिम दिईएको छ ।

सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत तारा गाँउ विकास समितिले होमस्टेका सदस्यहरुलाई मजगाँउमै चार दिने तालिम दिएको हो ।
असार २ गतेदेखि सुरु भएको उत्त तालिमको आज समापन गरिएको हो । मजगाउँ थारु होमस्टे व्यवस्थापन समितिका प्रतिनिधीहरु,होमस्टेका सञ्चालकहरु सहित ३१ जनालाई तालिम प्रदान गरिएको  तारा गाँउ विकास समितिका संयोजक एवम् तालिमका प्रशिक्षक दिनेश भण्डारीले बताएका छन् ।

साकाहारी र मांसाहारी गरि ३७ ओटा परिकार बनाउन सिकाईएको उनले बताए । तालिमकि प्रशिक्षार्थी सुन्तली चौधरीले तालिमबाट धेरै कुरा सिकिएको बताईन । परिकार बनाउन मात्रै नभइ पाहुनालाई स्वागत तथा बिदाई गर्ने बारेमा पनि ज्ञान भएको उनले बताईन ।

मजगाउँ थारु होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष कल्पना चौधरीले तालिमले आफुलाई धेरै फाईदा पुग्ने बताईन । “होमस्टे संचालन गरेको १ बर्ष पुगिसकेको छ तर आजसम्म आधाभुत तालीम पनि लिन पाएको थिएन,यो तालिममा सिकेको कुरा व्यवहारमा उतार्नेछु ।”
गत असारमा उद्घाटन गरिएको मजगाँउ थारु होमस्टेमा हाल ५ ओटा होमस्टे सञ्चालनमा छन् ।