Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा नहरमा पौडी खेल्नेक्रममा डुबेर किशोरको मृत्यु

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरमा नहरमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय बालक अबिरल चन्दको बुधवार मृत्यु भएको हो।

चन्द नहरको पानीमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका थिए।

Siddi ganesh

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पुर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.