Attariya Hospital Pvt.Ltd.

होमस्टे संचालनका लागि जुटे मजगाँउका चौधरी समुदाय,सिके ३७ परिकार पकाउन

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मजगाँउका चौधरी समुदाय होमस्टे संचालनका लागि जुटेका छन् । पर्यटन विकास सम्बन्धी आधारभूत तालिम लिएका उनीहरूले ३७ ओटा परिकार बनाउन सिकेका छन् । उनीहरूले साकाहारी र मांसाहारी गरि ३७ ओटा परिकार बनाउनसिकेका हुन् ।

सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तरगत तारा गाँउ विकास समितिले मजगाउँ थारु होमस्टेका सदस्यहरुलाई मजगाँउमै चार दिने तालिम दिएको हो । तालिमका सहभागीहरुले व्यवसायलाई मध्यनजर गरि होमस्टे संचालनमा जुट्ने प्रतिवद्धता गरेका छन् । असार २ गतेदेखि सुरु भएको उत्त तालिमको ५ गते समापन गरिएको हो ।

मजगाउँ थारु होमस्टे व्यवस्थापन समितिका प्रतिनिधीहरु,होमस्टेका सञ्चालकहरु सहित ३१ जनालाई तालिम प्रदान गरिएको तारा गाँउ विकास समितिका संयोजक एवम् तालिमका प्रशिक्षक दिनेश भण्डारीले बताएका छन् । साकाहारी र मांसाहारी गरि ३७ ओटा परिकार बनाउन सिकाईएको उनले बताए । तालिमकि प्रशिक्षार्थी सुन्तली चौधरीले तालिमबाट धेरै कुरा सिकिएको बताईन ।

Siddi ganesh

परिकार बनाउन मात्रै नभइ पाहुनालाई स्वागत तथा बिदाई गर्ने बारेमा पनि ज्ञान भएको उनले बताईन । त्यस्तै तालिमका प्रशिक्षार्थी एवम् मजगाउँ थारु होमस्टे व्यवस्थापन समितिका सल्लाहकार मणिराम चौधरीले उक्त तालिम मजगाउँ थारु होमस्टे व्यवस्थापन समितिलाई वरदान सावित हुने बताए । मजगाउँ थारु होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष कल्पना चौधरीले तालिमले आफुलाई धेरै फाईदा पुग्ने बताईन ।

“होमस्टे संचालन गरेको १ बर्ष पुगिसकेको छ तर आजसम्म आधाभुत तालीम पनि लिन पाएको थिएन,यो तालिममा सिकेको कुरा व्यवहारमा उतार्नेछु ।“ गत असारमा उद्घाटन गरिएको मजगाँउ थारु होमस्टेमा हाल ५ ओटा होमस्टे सञ्चालनमा छन् । यि पाँच होमस्टे पुर्ण सफलरूपमा संचालन भएमा अन्य थप्ने योजना बनाउने होमस्टे व्यवस्थापन समितिकी उपाध्यक्ष पेजराम चौधरीले बताएका छन् । ‘अहिले सुरुवातको चरणमा ५ ओटा संचालन गरेका छौँ,उनले भने यिनिहरुमा सफल भयौँ भने अन्य थप्ने योजना पनि बनाएका छौँ ।’

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.