रास्वपा गोदावरीद्धारा बिरामीलाई फलफूल वितरण

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर समितिले आफ्नो स्थापना दिवसको पुर्वसन्ध्यामा फलफूल वितरण गरेको छ । स्थापना दिवसको साताव्यापी कार्यक्रम अन्तरगत रास्वपाले बिहीबार अत्तरिया अस्पताल र पदमा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरेको हो ।

रास्वपा नगर समितिका सभापति दीपक ओझाले पार्टी स्थापनाको अवसरमा अत्तरिया क्षेत्रमा रहेका बिरामीहरूका लागि फलफूल वितरण गरिएको बताए । उनले भने ‘बिरामीहरूलाई हामी तपाइहरूकै साथमा छौ भन्ने आभास गराउनको लागि हामीले फलफूल वितरण गरेका हौ ।’

nisarga

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले दोस्रो वार्षिक उत्सवको अवसरमा साताब्यापी रूपमा विभिन्न कार्यक्रम राखिएको बताए । उनले साताव्यापी कार्यक्रम अन्तरगत बिरामीहरूलाई फलफूल वितरण सँगै वृक्षारोपण कार्यक्रम, ठाउँ ठाउँमा पानी वितरण लगायतका कार्यक्रम गरिरहेको बताए ।

पार्टी स्थापना दिवसको अवसरमा असार ७ गते जिल्ला सदरमुकामहरूमा कार्यक्रम आयोजना गरिने उनले बताए । रास्वपाले असार ७ गते स्थापना दिवसको अवसरमा असार १ गते देखि साताव्यापी कार्यक्रम घोषणा गरेको थियो ।