अत्तरिया – कंचनपुरमा जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् ।
घाइते हुनेमा पुनर्वास नगरपालिका वडा नम्बर१० का अन्दाजी ७० वर्षिय बाजी राना रहेका छन् ।
रानालाई आज बेलुकीको समयमा पुनर्वास नगरपालिका वडा नम्बर१० बिकास बस्ती दोदा पुल नजिक जंगली हात्तीले आक्रमण गरेको हो । रानालाई उपचारका लागि अस्पताल लगिएको छ ।