Attariya Hospital Pvt.Ltd.

समाजवादीको १० औं महाधिवेशनका लागि कैलालीबाट ३५ जना प्रतिनिधि निर्विरोध चयन

padma
milan sunchadi

अत्तरिया – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न असार १६ देखि २० गतेसम्म हुन गइरहेको महाधिबेशनका लागि जिल्ला भरबाट ३५ जना प्रतिनिधि निर्बिरोध चयन भएका छन् ।

कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट खुल्ला, महिला र दलित गरी ३५ जना निर्बिरोध चयन गरिएको समाजवादीका जिल्ला अध्यक्ष बिमल जोशीले बताए ।

उनले दिएको जानकारी अनुसार कैलाली क्षेत्र नं. १ बाट सूर्यचन्द्र भट्टराई, हरिराम चौधरी र महिलाबाट सूर्या साउँद गरी तीन जना प्रतिनिधि चयन भएका छन् ।

Siddi ganesh

क्षेत्र नं. २ बाट कर्ण जैशी, पूर्ण विष्ट, लोकराज तिमिल्सेना, जानकी ढुंगाना र भूपेन्द्र विक १० औं महाधिबेशनका लागि प्रतिनिधिमा चयन भएका छन् ।

satyawati

क्षेत्र नं ३ बाट खडक रावत, मेघराज साउँद, प्रदिप मल्ल र राधा पाण्डेय, क्षेत्र नं. ४ बाट भीम बोगटी, राबहादुर विश्वकर्मा, बासुदेव गुरागाई, सुरेन्द्रमान कार्की, तुलाराम उपाध्याय, ललित साउँद, डिल्लीराम आचार्य, बहादुर खड्का, मोहन ऐर, रत्ना कडायत, जानकी चौधरी, सरस्वती बुढामगर, दया विक, शिव विक र लोक साउँद प्रतिनिधिमा चयन भएका छन् ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.