धनगढीमा लागुपदार्थ र्दुव्यसन सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – धनगढीमा लागुपदार्थ र्दुव्यसन सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको पहिलो आरम्भ पुर्नस्थापना केन्द्रको आयोजनामा वडा नम्बर ५ को कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो ।

पुर्नस्थापना केन्द्रका संस्थापक विकास शाहीको सभापतित्वमा आयोजित कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष गजेन्द्र शाही प्रमुख अतिथी रहेका थिए । समाजमा लागुऔषध दुव्र्यसनीको बढ्दो समस्यालाई मध्यनजर गर्दै समाजका बिभिन्न व्यक्तिहरुलाई सहभागि गराइ जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको हो ।

nisarga

वडा प्रहरी निरिक्षक जनक ढुंगाना, मानसिक तथा मनोरोग बिशेषज्ञ डा.गणेश खड्का लगायतले लागुऔषध दुव्र्यसन सम्बन्धी जनचेतना मुलक मन्तव्य राखेका थिए ।कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत प्रेम भट्ट, पत्रकार दिर्घराज उपाध्याय, फारवेष्ट फिटनेशका सञ्चालक मोेहन तामाङ लगायत, टोल विकास समितिका पदाधिकारी, शिक्षक शिक्षिका, युवा क्लबका पदाधिकारी, समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

पछिल्लो समयमा धेरै युवायुवतीहरु लागुपदार्थ दुव्र्यसनमा फसेको बताउदै सबै एकजुट भएर लागेमा यसको अन्त्य हुने कार्यक्रमका सहभागिहरुले बताएका थिए ।

यस्तै कार्यक्रममा युवा गोपाल जोशीले हिजोका दिनमा लागुपदार्थ दुव्र्यसनमा फसेर हालसम्मको अनुभव र भोगाइका साथै लागुपदार्थ दुव्र्यसन गलत बाटो भएको भन्दै आफ्ना धारणाहरु राखेका थिए ।

उनी लागुपदार्थ दुव्र्यसनको दलदलमा फसेर सुधारकेन्द्रको सहयोगमा हाल सुधारको बाटोमा आएर सबैलाई लागुपदार्थ दुव्र्यसन सम्बन्धी जनचेतना फैलाउदै आएका छन् ।