अत्तरिया – धनगढी उपमहानगरपालिका–५तारा नगरको एक घरमा चोरी भएको छ । असार ५ गते रातीदेखी बन्द अवस्थामा रहेको लक्ष्मी ओझाको घरमा ७ तोला बराबरका गरगहना तथा २० हजार नगद चोरी भएको हो ।
हिजो असार ७ गते बेलुकी घर जाँदा ढोकाको ताला तथा दराज फुटाएर चोरी भएको थाहा भएको परिवारका सदस्य चेतराज पाण्डेयले बताएका छन् ।
चोरीको विषयमा प्रहरीलाई खबर गरिसकेको भन्दै उनले बिना बिल प्रमाणका कुनै पनि गहनाहरु बिक्रीका लागि कोहि व्यत्ति आएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आभुषण व्यवसायीहरु सङ्ग आग्रह गरेका छन् ।