धनगढी – कैलालीबाट साढे पाँच लाख बढीका अवैध सामान बरामद गरिएको छ । जिल्लाको विभिन्न स्थानबाट ५ लाख ५० हजार २८३ मूल्य बराबरको सामान बरामद गरिएको छ ।
चौराहा, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, सहिद गेट, गोदावरी न।पा। २ रिङ रोड र टिकापुर न।पा। ९ बालुटार स्थित भित्री सडक खण्डबाट भन्सार छली गरी ल्याएको कपडाहरु, खाद्य पदार्थहरु, चप्पल, प्रेसर कुकर, रबर, प्लास्टिक र किराना पसल समानहरू बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत समेतबाट खटिएको प्रहरी टोलीले सामान नियन्त्रणमा लिएको हो।
उक्त भन्सार छलिको सामान आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए ।