Attariya Hospital Pvt.Ltd.

परम्परागत पहिरन सिलाएर घरखर्च

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन्। राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आकी छिन्।

दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेकि छिन्। तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुुन्छिन्। ”आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ। परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छु, उनले भनिन्, ”कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन्। पहिचान संरक्षणका लागि टेवा पु¥याउन सकेकोम खुसी लाग्छ।”

रानाथारु समुदायले लगाउन अङ्गिया (चोली), घगरिया, उनिया (चुन्नी) लगायतका पोसाक तयार पार्ने गरेको उनले बताइन्। कपडामा फूलजस्तै देखिने फुर्का लगाउनुपर्छ। आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार पारेर पस्किने गरेकी छिन्। ”आमासँग लुगा सिलाउने सिकँ ”। अहिले त्यहीँ सीपले गुजारा चलेको छ। एक जोर लुगा तयार गर्न एक महिनाभन्दा बढी समय लाग्छु, उनले भनिन्, ”लुगा आफैँले ल्याएर तयार गरेको रु आठ हजार लिन्छौँ। हामीले नै लुगा किनेर तयार पारेको पहिरनको रु २० हजारसम्म लिने गरेका छौँ।”

Siddi ganesh

डाँडाजाइँकै घुम्नी राना पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम सक्रिय छिन्। सानैमा आमा र हजुरआमाबाट उनले पहिरन सिलाउने सीप सिकेकी हुन्। तत्कालीन समयमा हातले नै पहिरन सिउने गरिएको उनी बताउछिन्। ”हातले पहिरन बनाउन निकै बढी समय लाग्थ्यो। हातले बनाउनेबाट अहिले मेसिनको प्रयोग हुनथालेको छ। यसले छोटो समयमै लुगा तयार गर्न सकिन्छु, उनले भनिन्, “वर्षमा दश जोर लुगा सिलाउँछु। बालबालिकाको पठनपाठनदेखि घरखर्च राम्रैसँग चलेको छ।”

पहिरन बनाउन गाउँकै मानिस उहाँको घरमा आउने गर्छन्। पहिरन बनाउन आवश्यक पर्ने कपडादेखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाइदा केही असहजता हुने गरेको घुम्नीको भनाइ छ। ”बेलौरीमा खोजेकोजस्तो सबै सामान पाइँदैन। महेन्द्रनगर, धनगढी नभए भारततिर जानुपर्छु, उनले भनिन्, ”सितारा, ऊनी धागो, विभिन्न रङका कपडा बढी मात्रामा आवश्यक पर्छ।”

रासस

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.